![थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचा पनि काठमाडौंमा [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Prayut__7_C68sr4nbKe.jpg)
काठमाडौं –बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेकको) चौथो शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचा काठमाडौं आइपुगेका छन् ।
उनलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
यससँगै सम्मेलनमा सहभागी हुने अतिविशिष्ट पहुना नेपाल आउने क्रम सम्पन्न भएको छ । चानओचाभन्दा अघि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीवार बिहान नै नेपाल आइपुगेका छन् ।
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानको अन्तरिम सरकारका सल्लाहकार छिरिङ वाङचुक बुधवार तथा म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार दिउँसो काठमाडौं आइसकेका छन् ।
सम्मेलन आजै दिउँसो शुरू हुँदैछ ।
हेर्नुहोस्, केही तस्वीर :







