०१ असार २०८३, सोमबार

माओवादी समर्थकहरू सरकार हटाउन षड्यन्त्र गरिरहेका थिए : पुणे प्रहरी

माओवादी समर्थकहरू सरकार हटाउन षड्यन्त्र गरिरहेका थिए : पुणे प्रहरी

काठमाडौं — भारतको महाराष्ट्रस्थित पुणे प्रहरीले भीमा–कोरेगाँव मुद्दामा पक्राउ परेका पाँच ‘नक्सली शुभचिन्तकहरू’ सरकार हटाउने माओवादी षड्यन्त्रमा संलग्न रहेको दाबी गरेको छ । 

बुधवार भारतको सर्वोच्च अदालतले पाँचजना सामाजिक अभियन्ताहरूको पक्राउमाथि कडा टिप्पणी गर्दै यस्तो कारावाहीले सरकारप्रति असहमति अभिव्यक्त गर्ने प्रक्रिया प्रभावित हुने बतायो । 

मंगलवार पक्राउ परेका पाँच अभियन्ताहरूबाट प्राप्त इमेल र पत्रबाट माओवादी षड्यन्त्रको पर्दाफाश भएको प्रहरीले बतायो । आरोपितहरूले देशका वरिष्ठ नेताहरूलाई निशाना बनाउने योजना बुनेको प्रहरीको दाबी छ । 

पी वर्वरा राव, सुधा भारद्वाज, गौतम नवलखा, अरुण फरेरा र भर्नोन गोन्साल्भेसलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले कलेजका विद्यार्थीलाई बहकाएको अनि नागरिक तथा सुरक्षाकर्मीमाथि आक्रमणका लागि हतियार र
गोलीगट्ठा जम्मा गरिरहेको प्रहरीका डेप्युटी कमिस्नर श्रीश देशपाण्डेले बताए । 

प्रतिबन्धित कम्युनिस्ट पार्टी अफ इन्डिया (माओवादी) ले सरकार हटाउन पूरा देशमा षड्यन्त्र गरेको र यी पाँचले त्यसमा साथ दिएको प्रहरीको भनाइ छ । 

पुणे प्रहरीले पक्राउ गरिएका व्यक्तिबाट प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध षड्यन्त्र भए नभएको कुरा खुलाएन । 

पुणे प्रहरीले गत जुन महिनामा माओवादीका सदस्य भनिएका सुरेन्द्र गोडलिङ र रोना विल्सनलाई हत्याको षड्यन्त्रको आरोपमा पक्राउ गरेको थियो । माओवादीले विल्सनलाई लेखेको भनिएको पत्रमा यो षड्यन्त्रको उल्लेख थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्