०७ असार २०८३, आइतबार

काठमाडौंका यी सडक हुनेछन् पूर्ण बन्द, वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

काठमाडौंका यी सडक हुनेछन् पूर्ण बन्द, वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

काठमाडौं– बिमस्टेक सम्मेलनका कारण बिहीवार(आज) राजधानीको सवारी व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

विहानैदेखि राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।  बिमस्टेकमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान्ओचा विहान काठमाडौंमा अवतरण गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।

रिंगरोड भित्रने अधिकांश चोकबाट सवारी फिर्ता भएका छन् ।  जसका कारण भित्री गल्लीहरु मा पनि जाम परेको छ  ।

बिमस्टेकमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार काठमाडौं आएका थिए भने भुटानका प्रधानन्यायाधीश छिरिङ वाङचुक, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना बुधबार(हिजो) नेपाल आएका थिए ।  

विदेशी पाहुनाको सम्मानमा केही बेरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिवा भोज दिने कार्यतालिका रहेका कारण कालिमाटीदेखी शितलनीवास सम्मको रुट बन्द हुने ट्राफिक प्रहरीले जनाएको छ । 

 ट्राफिक प्रहरीका अनुसार सोल्टी होटेल , सोल्टी मोड , कालिमाटी , त्रिपुरेश्वर , नागस्थान , गोश्वारा हुलाक , महांकाल , भोटाहिटी , जमल , केशरमहल , लैनचौर , ग्याङजोङ होटल ,पानीपोखरी , शितल निवास हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित हुनेछन्  । 

उक्त रुटमा सवार गर्ने सवारी चालकलाई वैकल्पिक मार्गको प्रयोग गर्नहुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।  

ट्राफिक व्यवस्थापनलाई सहज गर्न भन्दै सरकारले उपत्यकामा सवारी साधनमा जोर विजोर लागू गरेको छ ।  आज जोर अंकका सवारी साधनमात्र चल्न पाउनेछन् । 

त्यस्तै शैक्षिक संस्थाहरु पनि दुई दिनको लागि बन्द गरिएका छन् । 

बिमस्टेक सम्मेलन आज र भोलि दुई दिन चल्ने छ । 

तस्वीर-मुकुन्द कालिकोटे

salt training

कमेन्ट गर्नुहोस्