१८ असार २०८३, बिहीबार

पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु

पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु
सन्दर्भ तस्वीर

ओखलढुंगा– ओखलढुंगाको मोलुङ गाउँपालिका–८ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । माथिबाट आएको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वर्ष ४५ का पूर्णबहादुर राई, उनकी श्रीमती वर्ष ४० की धनकुमारी रहेका छन् । यसैगरी दिदि वर्ष ५० कि मित्रमाया राई र  छोरा वर्ष ३ को आशिष रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

गएराति करिब एक बजे पहिरो गएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्