०९ असार २०८३, मंगलबार

कांग्रेसमा थप शक्तिशाली सभापतिको बहस

भदौ १५, २०७५
कांग्रेसमा थप शक्तिशाली सभापतिको बहस

 काठमाडौं–देश संघीय संरचनामा गएपछि सोही संरचनाका आधारमा विधान संशोधन हुँदै गर्दा कांग्रेसमा केन्द्रीय सभापतिलाई अझै बलियो बनाउने कि सामूहिक नेतृत्व प्रणालीमा लाने भन्नेमा बहस सुरु भएको छ । विधान मस्यौदा समितिको बिहीबारको बैठकमा समितिकै सदस्यहरूले केन्द्रीय सभापतिदेखि सदस्यता वितरणको प्रक्रियासहितका विषयमा आ–आफ्ना तर्क राखेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

सभापति शेरबहादुर देउवानिकट नेताहरू मानबहादुर विश्वकर्मा र फरमुल्लाह मन्सुरले यसअघि वितरण गरिएजस्तै साधारण र क्रियाशील सदस्यता वितरण गर्नुपर्ने, पार्टीलाई क्याडरबेसमा लानुपर्ने, सदस्यतामा अझै कडाइ गर्नुपर्ने र कडा अनुशासनमा पार्टी चलाउनुपर्ने बताए । उनीहरूले सभापतिलाई थप बलियो बनाउन केन्द्रमा सभापतिबाहेकका पदाधिकारी मनोनीत गर्न पाउने आशय व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्