१७ असार २०८३, बुधबार

रेडियो नेपालका प्रथम गायक रिमाल रहेनन्

रेडियो नेपालका प्रथम गायक रिमाल रहेनन्

काठमाडौं– रेडियो नेपालका प्रथम गायक तथा वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । 
९३ वर्षको उमेरमा उनको बिहिबार बिहान  बानेश्वर स्थित आफ्नै निवासमा निधन भएको हो । 
                   
रिमालको  पार्थिव शरीरलाई  बिहान १० बजेसम्म उनकै निवास बानेश्वरमा राखिने  र त्यसपछि पशुपति आर्यघाटमा लगेर अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ । 

रिमालले ४ दशक बढि रेडियो नेपालमा काम गरेका थिए । यस्तै  उनले ५० भन्दा बढि नाटकमा अभिनय गर्नुका साथै  ६ सय बढी नाटक निर्देशन समेत गरेका छन् । १९८२  असोजमा काठमाडौं लगनटोलमा  उनको जन्म भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्