काठमाडौं– नेपाल र भारतबीच रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
बिमस्टेकमा सहभागी हुन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा द्विपक्षीय सम्झौता हुनेछ ।
बिमस्टेकका सदस्य राष्ट्रका कार्यकारी प्रमुखले शुक्रबार रिट्रिटपछि शिखर सम्मेलनको घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि नेपाल र भारतबीच द्वीपक्षीय सम्झौताको कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला यससम्बन्धी सहमति भएको थियो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि घोषणा गरिएको बल्क कार्गोसम्बन्धी सम्झौतामा भने हस्ताक्षर नहुने भएको छ । तयारी अपुग भएका कारण उक्त सम्झौता नहुने परराष्ट्र स्रोतले जनाएको छ ।
मोदीले भारतीय सहयोगमा पशुपति मन्दिरमा निर्माण गरिएको धर्मशाला हस्तान्तरण गर्ने कार्यक्रम छ ।