०४ असार २०८३, बिहीबार

किन भेटिँदैनन् हराएका मोबाइल ?

कात्तिक २०, २०७४
किन भेटिँदैनन् हराएका मोबाइल ?
काठमाडौँ, १० फागुन -भवन अभावमा महानगरीय प्रहरी परिसर टेकुले अस्थायी टेन्टमार्फत सेवा दिइरहेको छ । परिसरभित्रको एउटा टेन्टको नाम हो– मोबाइल शाखा । जहाँ उपत्यकाका १४ वटै वृत्तमा पर्ने मोबाइल हराएका निवेदनहरू आउँछन् । कति निवेदन यो शाखामा नै आउँछन्, आजको कान्तिपुरमा खबर छ ।Mobile-phone

शाखाको तथ्यांकले देखाउँछ काठमाडौंमा हराउने र चोरी हुने मोबाइलको संख्या ठूलो छ । शाखाका अनुसार प्रत्येक दिन औसतमा काठमाडौंबाट २४ वटा मोबाइल हराउने र चोरी हुने गर्छन् । जबकि भेटिने मोबाइलको संख्या भने औसतमा २ वटा पनि छैन । शाखाका अनुसार हराउने वा चोरी हुने मोबाइलको औसत मूल्य २५ हजार रुपैयाँ छ । जसअनुसार औसतमा दैनिक ६ लाख रुपैयाँ बराबरका मोबाइल हराउने र चोरी हुने गर्छन् ।

शाखा सम्हालिरहेका सबइन्स्पेक्टर राजेन्द्र भण्डारीका अनुसार चोरिएकाभन्दा हराएका मोबाइल खोजीका निम्ति धेरै उजुरी पर्ने गरेका छन् । यस्ता मोबाइल किन भेटिँदैनन् त ? भण्डारीका अनुसार केही अघिसम्म चोरिएका वा हराएका मोबाइल व्यक्तिले नै प्रयोग गर्थे र प्रहरीले कल लोकेसन र कल डिटेलका आधारमा मोबाइल पत्ता लगाउँथ्यो । भण्डारीले भने, ‘हिजोआज चोरिएको वा भेटिएका मोबाइल फिर्ता गर्नुपर्ने डरले मोबाइल पसलहरूमा वा अनलाइनमार्फत बिक्री गर्ने चलन बढेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्