१० असार २०८३, बुधबार

चीनको बाटो हुँदै मानसरोवर जाँदैछन् राहुल गान्धी

चीनको बाटो हुँदै मानसरोवर जाँदैछन् राहुल गान्धी

काठमाडौं — सार्वजनिक रूपमै आफूलाई शिवभक्त बताइसकेका भारतको कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी शुक्रवार कैलाश मानसरोवर यात्रामा जाँदैछन् । राहुल चीनको बाटो भएर मानसरोवर जान लागेका हुन् । 

राहुल दिल्लीबाट चीनको राजधानी बेइजिङ पुग्नेछन् । त्यसपछि उनी बेइजिङबाट ल्हासा र सागा जानेछन् । उनी सागामा एक वा दुई दिन रोकिनेछन् र त्यसपछि मानसरोवर जानेछन् । 

मानसरोवर समुद्र सतहभन्दा लगभग १५ हजार ६० फीट माथि छ । 

राहुल मानसरोवरमा एक शिविरमा बस्नेछन् । 

अप्रिल महिनामा दिल्लीमा आयोजित कांग्रेसको जनआक्रोश जुलुसमा राहुलले भनेका थिए, ‘म दुई दिनअघि कर्नाटक जाँदै थिए , म विमानमा हुँदा विमान अचानक आठ हजार फीट तल पुग्यो । म त बेस्सरी काँपें अनि अब विमान गयो भन्ने सोचें । त्यतिखेर मलाई कैलाश मानसरोवरको याद आयो । म तपाईंहरूसँग १० १५ दिनको छुट्टी मागेर कैलाश मानसरोवरको यात्रामा जान्छु ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्