×

NMB BANK
NIC ASIA

कहाँ पुग्यो नोटमा केर्नेलाई कारवाही गर्ने प्रक्रिया ?

भदौ १५, २०७५

NTC
Premier Steels

काठमाडौं –नेपाल राष्ट्र बैंकले जारी गरेका कुनै पनि नोट (पैसा)मा केर्न नपाउने व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन । मुद्रालाई च्यात्न, जलाउन, गाल्न वा केर्न नहुने व्यवस्था भदौको मध्यान्तरसम्म आइपुग्दा पनि कार्यान्वयनमा आउन नसकेको हो ।

Muktinath Bank

मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै यही भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन– २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन– २०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन– २०७४ को मुद्रासम्बन्धी कसुर महलअनुसारको व्यवस्था कार्यान्वयनमा आउन समेत असहज रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकका अनुसार सो व्यवस्था लागू गर्नुभन्दा पहिला सर्वसाधारणलाई जनचेतना दिनु आवश्यक छ । नोटमा किन केरमेट नगर्ने भन्नेबारे जानकारी नदिई कारवाही गर्छु भन्नु मुर्खता मात्र हुने राष्ट्र बै‌ंकका अधिकारीहरू बताउँछन्।


Advertisment
Nabil box
Kumari

राष्ट्र बैंकका एक उच्च अधिकारी भन्छन्, ‘नोट सरकारको सम्पत्ति हो । नोट छाप्दा ठूलो पैसा खर्च हुन्छ भन्ने कुरा दूरदराजका मानिसलाई केही थाहा छैन । त्यसकारण पनि कारवाहीभन्दा पहिला सरकारले जनचेतनाका लागि काम गर्नुपर्छ ।’

Vianet communication

उनका अनुसार नोटमा केरमेट हुन्छ भने पनि कारवाही गर्ने अधिकार राष्ट्र बैंकलाई छैन ।

‘नोट सरकारी सम्पत्ति हो भन्ने कुरा सबैभन्दा पहिला त जनतालाई जानकारी दिनुपर्‍यो नि ! अहिले नेपाल सरकार र नेपाल राष्ट्र बैंक मिलेर सबैतिर चिट्ठी पठाएर कार्यक्रम लिएर जानुपर्छ,’ उनले थपे ।

वित्तीय सारक्षताको क्षेत्र अलि फराकिलो बनाउनुपर्ने, सञ्चारमाध्यममा खर्च गर्नुपर्ने र नोटबारे विभिन्न चोकमा होडिङबोर्ड मात्रै राख्न सके पनि नोटबारे जनता सुसूचित हुने अधिकारीहरूको सुझाव छ । 

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन– २०७४ को मुद्रासम्बन्धी कसुर महलको दफा २ सय ६३ को उपदफा १ र २ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा नोटमा लेख्न नहुने लेखिएको छ ।

‘अधिकारप्राप्त अधिकारीको आदेशविना कसैले मुद्राको रूपमा ग्राह्य भएको बैंक नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन । कसैले बैंक नोटमा लेख्न वा कोर्न हुँदैन ।’

उपदफा ३ मा भनिएको छ, ‘उपदफा १ वा २ अन्तर्गतको कसुर गर्ने वा गराउने व्यक्तिलाई ३ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

अब घरमा, पसलमा वा बैंकमा कसैले पनि नोटमा केरेको देखेमा सिक्का वा बिगार्न लागेको देखेमा तत्काल प्रहरीमा खबर गर्न सक्ने गरी सूचना जारी गर्न सकिने राष्ट्र बैंक उच्च स्रोतले बताएको छ । 

बैंकहरूले पैसाको बन्डलमा नोटमा पर्ने गरी स्ट्याप्लर थिच्दा बन्डलबाट पैसा झिक्दा च्यातिने, केरमेट गर्दा र केही भाग च्यातिए पनि नम्बर देखिने नोट चलाउँदा एकपटक छापेको पैसा छोटो समयमात्र चल्ने र नयाँ नोट छाप्नका लागि राज्यकोषबाट ठूलो खर्च हुने हुँदा नयाँ व्यवस्थाले राहत पुग्ने राष्ट्र बैंकका अधिकारीहरूको विश्वास छ ।  

यसअघि सर्वोच्च अदालतले सफा नोट नीति कार्यन्वयनमा ल्याउन राष्ट्रबैंक र अर्थमन्त्रालयको नाममा अन्तरिम आदेश दिएपछि यो विषयलाई फौजदारी संहितामा समेटिएको हो ।

सर्वाेच्चले बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा यस्तो आदेश जारी गरेको थियो ।

राष्ट्र बैंकबाट छापिँदै आएका बैंक नोटहरूमा वर्षौंअघिदेखि जथाभावी केरमेट गर्ने, च्यात्ने तथा जथाभावी स्ट्याप्लर लगाउने र बैंकहरूले समेत नोटका मुठ्ठाहरूमा स्ट्याप्लर लगाएर कारोबार गर्ने प्रचलन बढेपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।

सफा नोट कारोबारका लागि बैंक मुद्रामा केरमेट गर्ने वा बिगार्नेलाई जरिवाना वा कैदको सजाय हुने व्यवस्था विश्वका विभिन्न देशमा अभ्यास हुँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x