३२ असार २०८३, बिहीबार

मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिँदै प्रधानमन्त्री ओलीद्वारा सम्बन्ध थप प्रगाढ बनाउने प्रतिबद्धता

मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिँदै प्रधानमन्त्री ओलीद्वारा सम्बन्ध थप प्रगाढ बनाउने प्रतिबद्धता
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतबीचको बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

भारत सरकारद्वारा निर्मित नेपाल-भारत मैत्री पशुपति धर्मशाला उद्घाटन समारोहलाई शुक्रवार पशुपतिनाथ मन्दिर परिसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई अझै गहिराइमा पुर्‍याउने कुरामा नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको हो ।

साथै प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरले नेपाल-भारत तथा दुई देशका जनतालाई एकआपसमा जोड्ने काम गरेको बताउनुभयो ।

भारतको सहयोगमा निर्मित धर्मशालाले धार्मिक यात्रु तथा भक्तजनहरूलाई ठूलो सहुलियत पुग्ने विश्वास आफूले लिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भारतीय समकक्षी मोदीलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणको निम्तो पनि दिनुभयो ।

यसैगरी प्रधानमन्त्री ओलीले भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनमा शोक व्यक्त गर्दै उहाँप्रति समवेदना व्यक्त गर्नुभयो ।

वाजपेयी सशक्त लेखक तथा असाधारण अध्येता रहेको भन्दै उहाँले वाजपेयीद्वारा लिखित 'मेरी इक्यावन कविताएं' कविता संग्रह नेपालीमा अनुवाद गराउने घोषणा पनि गर्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्