१० असार २०८३, बुधबार

यस्ता सेलेब्रिटी जो बस्छन् करोडौंको बंगलामा

यस्ता सेलेब्रिटी जो बस्छन् करोडौंको बंगलामा

केही यस्ता सेलेब्रिटी छन्, जसले कम उमेरमै निकै प्रगति गरेका छन् । नाम मात्र होइन, दाम पनि मनग्गे कमाएका छन् । हलिउडमा करिअर सुरु गरेको छोटो समयमै करोडपति बनेका केही अभिनेता, अभिनेत्री तथा गायकगायिकाको कति मूल्यको घरमा बस्छन् भन्ने समाचार बेलाबेलामा अन्तराष्ट्रिय सञ्चारमाध्यममा आउने गर्छ ।

टेलर स्विफ्ट
हलिउडकी चर्चित पप गायिका तथा अभिनेत्री टेलर स्विफ्टको जीवनशैली निकै महँगो छ । जम्मा २८ वर्षकी टेलरसँग करोडौँको बंगला, कारलगायत सम्पत्ति छन् । सन् १९८९ को डिसेम्बर १३ मा जन्मिएकी टेलर आफ्नै कमाइको झन्डै २५ करोडको बंगलामा बस्छिन् । उनको बंगला क्यालिफोर्नियाको बेबर्ली हिल्समा छ ।

क्याली जेनर
क्याली चर्चित रियालिटी स्टार तथा मोडल हुन् । जम्मा २० वर्षमा टेकेकी क्यालिसँग झन्डै ३४ करोड मूल्य पर्ने घर छ । सानो उमेरमै पर्याप्त नाम र दाम कमाइरहेकी क्याली विशेषगरी टेलिभिजन दर्शकमाझ लोकप्रिय छिन् ।

जेनिफर लरेन्स
अभिनेत्री जेनिफर लरेन्स पनि निकै धनी छिन् । २७ वर्षीया जेनिफरको बेबर्ली हिल्स, क्यालिफोर्नियमा झन्डै ८५ करोड मूल्यबराबरको बंगला छ । त्यति मात्रै होइन, उनको न्युओर्क र चालीमा पनि दुईटा घर रहेको बताइन्छ । सधैँजसो सुटिङमा व्यस्त हुने गरेकी जेनिफर समय मिलाएर आफ्नो सबै घरमा पुग्ने गर्दछिन् ।

सेलेना गोमेज
सेलेना विश्वचर्चित पप गायिकाका साथै मोडल हुन् । उनी आफूले गाएका गीतमा प्रायः आफैँ मोडलिङ गर्ने गर्छिन् । जम्मा २५ वर्षकी सेलेना झन्डै ३२ करोडको बंगलामा बस्छिन् । सो बंगला उनले आफ्नै कमाइले किनेकी हुन् । उनको त्यो बंगला अमेरिकाको टेक्सासमा छ । त्यहाँबाहेक सेलेनाले लस एन्जलसमा पनि घर किनेकी छिन् ।

रोबर्ट पाटिन्सन
३१ वर्षीया हलिउड अभिनेता, मोडल तथा संगीतकर्मी रोबर्ट पेटिन्सन लन्डनमा जन्मिएका हुन् । हलिउडमा आफ्नो बेग्लै स्थान बनाएका रोबर्टको लस एन्जलसमा झन्डै २४ करोड मूल्य पर्ने घर छ । रोबर्टले त्यो घर आफ्नै कमाइले किनेका हुन् । उनको लस एन्जलसमै अर्काे पनि घर रहेको बताइन्छ।

केन्डल जेनर
छोटो समयमै आफ्नो प्रतिभाको बलमा स्थापित भएकी अभिनेत्री हुन्, केन्डल जेनर । फेसन तथा टेलिभिजनको दुनियाँमा पनि चर्चित रहेकी केन्डल जम्मा २२ वर्षकी भइन् । उनको बेबर्ली हिल्स, क्यालिफोर्नियामा झन्डै ९० करोडको बंगला छ । उनको त्यहाँबाहेक हलिउड हिल्समा पनि सानदार घर रहेको बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्