
सुर्खेत – सुर्खेतमा शनिबार सर्पको डसाइबाट १ बालिकाको मृत्यु भएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–४ मा सर्पको डसाइबाट लक्ष्मी शाहीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पञ्चपुरी नगरपालिका–४ बरैचेकी ८ वर्षीय लक्ष्मी शाहीको मृत्यु भएको हो ।
‘बिहान सर्पले कोटेको रहेछ । उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले भने । यससँगै पश्चिम सुर्खेतमा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।