मुम्बई, २९ मंसिर– पूर्व विश्वसुन्दरी तथा चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको गोल्डेन करियरमा एक अध्याय थपेको छ । बलिउड सुन्दरी प्रियंका चोपडा युनिसेफको गुडविल एम्बेसडर बनेकी छिन् ।

यसबारेमा बलिउड दिवाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम र ट्वीटर मार्फत जानकारी दिएका छन् । यस तस्वीरमा प्रियंका चोपडा चर्चित फुटबलर डेविड बेकह्याम, ज्याकी चेन र बाँबी ब्राउनको साथमा देखिएकी छिन् ।
प्रियंका चोपडा अहिले हलिउड फिल्म बेवाँच र अमेरिकन टीभी शो ‘क्वान्टिको’ कार्यक्रमका कारण चर्चित छिन् । एजेन्सी