काठमाडौं — बेलायतकी प्रधानमन्त्री टेरिजा मेले दोस्रो बे्रग्जिट जनमतसंग्रहको सम्भावनालाई खारेज गर्दै यसो गर्नु बेलायती लोकतन्त्रमाथिको धोका हुने बताएकी छन् ।
डेली टेलिग्राफ वेबसाइटमा शनिवार राति मेको आलेखमा यो उल्लेख छ ।
मेले आलेखमा लेखिन्, ‘बेलायत सरकार बेलायतीहरूको लोकतान्त्रिक निर्णयलाई कार्यान्वयन गर्छ अनि अर्को वर्षको २९ मार्चमा युरोपेली संघबाट औपचारिक रूपमा अलग्गिन्छ ।’
उनले लेखिन्, ‘हामीले बलियो र पहिलेको भन्दा राम्रो बेलायत निर्माण गरेका छौं जुन भविष्यको हिसाबमा सही छ । बेलायत सरकारले बेलायतको भलाइका लागि नै काम गर्नेछ । युरोपेली संघ मुख्यालय ब्रसेल्ससँगको वार्ताको गरेपनि
कुनै हालतमा हामी झुक्दैनौं ।’
एजेन्सी