१२ असार २०८३, शुक्रबार

यस्ता पनि धर्मगुरु : गायिकालाई अनुपयुक्त तरिकाले छुँदा बिशपको आलोचना

यस्ता पनि धर्मगुरु : गायिकालाई अनुपयुक्त तरिकाले छुँदा बिशपको आलोचना

काठमाडौं — अमेरिकी गायिका अरेथा फ्र्यांकलिनको अन्तिम संस्कारको अवसरमा गायिका आरियाना ग्रान्डेलाई गलत तरिकाले छोएको आरोप लागेका बिशपले माफी मागेका छन् । 

अन्तिम संस्कारमा बिशपले आरियानाको छातीमा गलत तरिकाले हात राखेका थिए अनि उनीमाथि आपत्तिजनक टिप्पणी पनि गरेका थिए । बिशपले आफ्नो व्यवहारका लागि माफी माग्दै आफ्नो उद्देश्य कसैलाई पनि चोट पु–याउनु नरहेको बताए । 

क्रिस्चियन क्याथोलिक बिशप चार्ल्स एच इलियास तेस्रो फ्र्यांकलिनको अन्तिम संस्कारमा आरियानाको गीतपछि छाती समात्न पुगेका थिए । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चौतर्फी आलोचना भएको थियो । 

उनले समाचार संस्था एपीसँग कुराकानी गर्दै भने, ‘मेरो उद्देश्य कुनै पनि महिलाको छाती छुनु होइन । मैले त उनको कुममा हात राखेको जस्तो लागेको थिएँ, कसरी छाती छुन पुगें थाहा छैन ।’

उनले आफूले सीमाको उल्लंघन गरेको हुनसक्ने वा उनीसँग बढी मित्रता भएको हुनसक्ने तर जे भएपनि उक्त व्यवहारका लागि आफूले माफी माग्ने बताए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्