११ असार २०८३, बिहीबार

भारतमा विमानबाट दिसापिसाब खसाउँदा ५० हजार भारु जरिवाना

भारतमा विमानबाट दिसापिसाब खसाउँदा ५० हजार भारु जरिवाना

काठमाडौं — उडानका क्रममा विमानबाट दिसापिसाब वा अन्य फोहर जमीनमा खसाएमा एयरलाइन्सले ५० हजार भारु जरिवाना तिर्नुपर्ने नियम भारतले ल्याएको छ । 

विमान महानिर्देशनालयले सबै एयरलाइन्स र एयरक्राफ्ट अपरेटरहरूलाई लिखित निर्देशन दिएर यो कुरा बताएको छ । नेसनल ग्रीन ट्राइब्युनलको एक आदेशपछि महानिर्देशनालयले यो निर्देशन दिएको हो । 

महानिर्देशनालयका निर्देशक अमित गुप्ताका अनुसार, अन्तिम आदेश नआउन्जेलसम्म कुनै पनि एयरलाइन्सले टेकअफ वा ल्यान्डिङका बेलामा विमानस्थलनजिक मलमूत्र फ्याँक्न पाउँदैन । यो निर्देशन पालन नगर्दा ५० हजार भारुको जरिवाना लगाइनेछ । 

यो आदेश सबै घरेलु एयरलाइन्स, भारतबाट र भारतसम्म उडान गर्ने विमान, राज्य सरकार र निजी विमान सञ्चालकहरूमा लागू हुनेछ । 

दिल्लीको वसन्त कुञ्जमा बस्ने एक व्यक्तिले ट्राइब्युनलमा उजुरी गरेर अवतरण गर्न लागेको एक विमानले आफ्नो घरमाथि मलमूत्र फ्याँकिदिएको बताए । त्यसपछि महानिर्देशनालयले यसमा अनुसन्धानका लागि तीन सदस्यीय समिति
बनाएको थियो । समितिको अनुसन्धान पूरा हुनुअघि नै ट्राइब्युनलले महानिर्देशनालयलाई जरिवाना तिराउने निर्देशन दिन आदेश दिएको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्