१७ असार २०८३, बुधबार

संविधान दिवसका अवसरमा मोबाइल सेवामा सहुलियत प्रदान गर्न प्रधानमन्त्रीको आग्रह

संविधान दिवसका अवसरमा मोबाइल सेवामा सहुलियत प्रदान गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनुपर्ने बताएका छन् । संविधान दिवस मूल समारोह समितिको आइतवारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठूलो संघर्ष गरेकाले त्यसको खुशीयालीका रूपमा आएको संविधान पनि जनताले खुशीयालीपूर्ण ढंगले मनाउन पाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो । संविधान दिवस सबैभन्दा ठूलो राष्ट्रिय दिवस हो । यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले संविधान दिवसलाई सरकारी कार्यक्रमजस्तो मात्र बनाउनु नहुने समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले संविधान दिवसको अवसर पारेर शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरूलाई विविध कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभएको छ ।

‘संविधान दिवसलाई सबैको दिवस बनाउनु पर्दछ । यो जनजाति, महिला, दलित, मधेस, पहाड, हिमाल सबैकोे उत्सवको दिन हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।”

प्रधानमन्त्री ओलीले संविधान दिवसको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञा प्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा नेपाल टेलिकमलाई कम्तिमा एक हप्ताका लागि मोबाइल सेवामा सहुलीयत प्रदान गर्न पनि आग्रह गर्नुभएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्