२३ असार २०८३, मंगलबार

डाक्टरको आन्दोलनले मर्कामा बिरामी

भदौ १७, २०७५
डाक्टरको आन्दोलनले मर्कामा बिरामी

धनगढी – मुलुकको अन्य क्षेत्रमा जस्तै प्रदेश नं. ७ का स्वास्थ्य संस्थामा पनि बहिरंग सेवा (ओपीडी) ठप्प भएको छ ।

मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै आन्दोलित चिकित्सकहरूले प्रदेशस्थित स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सेवाहरू ठप्प पारेका हुन् ।

सेवा ठप्प भएपछि सेती अञ्चल अस्पतालसहितका अस्पतालमा उपचारका लागि पुगेका बिरामी समस्यामा परेका छन् ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०, २३१, २३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरूले नेपाल चिकित्सक संघको अगुवाइमा आन्दोलन थालेका हुन् ।

संघका प्रदेश–७ सचिव प्रदीप मिश्रले केन्द्रीय कार्यक्रम अनुसार ठप्प पारिएको जानकारी दिए ।

उनले सरकारले निजी मेडिकल संस्था बन्द गराउने मनसायले नयाँ मुलुकी ऐनमा कडा व्यवस्था गरेकोले विरोध स्वरूप आन्दोलित हुनु परेको बताए ।

मुलुकी अपराध संहिता संशोधन नगरे थप कडा आन्दोलन गर्ने उनको चेतावनी छ ।

salt training

कमेन्ट गर्नुहोस्