१२ असार २०८३, शुक्रबार

बिदा नदिएकाे भन्दै चार सरकारी कार्यालयमा तालाबन्दी

भदौ १८, २०७५
बिदा नदिएकाे भन्दै चार सरकारी कार्यालयमा तालाबन्दी

लहान- प्रदेश नं २ सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको बिदा अवज्ञा गरेको भन्दै सङ्घीय समाजवादी फोरम निकट विद्यार्थी सङ्गठनले साेमबार सिरहाको लहानस्थित चारवटा सरकारी कार्यालयमा तालाबन्दी गरेको छ । 

प्रदेश नं २ को सरकारले दिएको बिदामा पनि कार्यालय सञ्चालन गरेको भन्दै सङ्घीय विद्यार्थी फोरमका प्रदेश २ का संयोजक दीपेश यादवको नेतृत्वमा गएको टोलीले लहानस्थित नेपाल बैंक लिमिटेड, आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालय र विद्युत् प्राधिकरण कार्यालयमा ताला लगाएको हो । 

प्रदेश सरकारले दिने सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय अवज्ञा गरी कार्यालय सञ्चालन गर्दै आएकाले ती कार्यालयमा तालाबन्दी गरिएको संयोजक यादवले बताउनुभयो । प्रदेश २ को सरकारले कृष्ण जन्माष्टमीका अवसरमा आज सार्वजनिक बिदा दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्