०४ असार २०८३, बिहीबार

उत्तर कोरिया र अमेरिकाका बीच वार्ता हुने सम्भावना

कात्तिक २०, २०७४
उत्तर कोरिया र अमेरिकाका बीच वार्ता हुने सम्भावना
काठमाडौं, १० फागुन — उत्तर कोरियाका उच्च तहका प्रतिनिधिहरूलाई अमेरिका ल्याएर पूर्वअधिकारीहरूसँग वार्ता गराउने पहल चलिरहेको छ ।

पाँच वर्षपछि यस्तो भेटवार्ता हुन लागेको हो । अमेरिकाको ट्रम्प प्रशासनसमक्ष कुरा राख्ने मौकाका रूपमा प्योङयाङले यसलाई लिएको छ ।

यो वार्ता गराउन केही समययता निकै गाह्रो परेको थियो किनकि उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण ग–यो र किम जोङ–उनका सौतेनी दाइको मलेसियामा हत्या भयो । हत्यामा उत्तर कोरियाको हात रहेको आशंका गरिएको छ ।

उत्तर कोरियालीहरूले अमेरिकासँग वार्ताका लागि चासो देखाएका छन् । तर विश्लेषकहरूका अनुसार प्योङयाङले परमाणुयुक्त राष्ट्रको मान्यता दिइनुपर्ने अडान राखिरहेको र हतियार निर्माण नरोक्ने संकेत देखाएकाले वार्ताले कुनै प्रतिफल दिने छैन ।

तैपनि वार्ता भयो भने दुई देशबीचको कटुतापूर्ण सम्बन्ध सुधार्नका लागि आशाका किरण जाग्नेछन् ।

आगामी केही हप्ताभित्र न्युयोर्कमा हुन लागेको वार्ताका लागि उत्तर कोरियालीहरूको भिसालाई अमेरिकाको स्टेट डिपार्टमेन्टले अनुमति दिइसकेको छैन ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्