काठमाडौं — पाकिस्तानका प्रधानमन्त्री इमरान खानले फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंको फोन कल काटेका छन् । पाकिस्तानी मिडियामा यो खबरको अहिले खुबै चर्चा छ ।
इमरान वरिष्ठ पत्रकारहरूसँग कुराकानीमा व्यस्त रहँदा फ्रान्सेली राष्ट्रपतिको फोन आएको थियो । उनले कुराकानी बीचमै छोडेर फोनमा कुरा गर्नुको साटो ‘अहिले फुर्सद छैन, पछि कुरा गरौंला’ भनेका थिए ।
पाकिस्तानी मिडियामा इमरानको यो व्यवहारको प्रशंसा भइरहेको छ । पाकिस्तानका वरिष्ठ पत्रकार हामिद मीरले ट्वीट गरेर यसको जानकारी दिए । मीर इमरानसँग कुराकानीका बेलामा उपस्थित थिए ।
New Pakistan.French President @EmmanuelMacron called Prime Minister of Pakistan @ImranKhanPTI today but he was busy in a meeting with journalists including me Foreign Secretary Tehmina Janjua wanted PM to attend the call but PM said I am busy here tell them to call in 30 minutes
— Hamid Mir (@HamidMirPAK) August 31, 2018