
बलात्कारको अभियोगमा भारतमा अर्का एकजना बाबा पक्राउ परेका छन् । वीरेन्द्र देव दीक्षित तथा दाती महाराज पछि दिल्ली प्रहरीले ४२ वर्षीय स्वघोषित धर्मगुरुलाई दक्षिण दिल्लीस्थित आश्रमबाट एक बालिकामाथि हिंसा गरेको आरोपमा पक्राउ गरेको हो ।
डीसीपी विनय कुमारका अनुसार आरोपी बाबाको नाम नब्बे भगत अर्थात नवाब सिंह हो । बाबा पछिल्लो १० वर्षबाट आश्रम चलाइ रहेका छन् । प्रहरीले १७ अगस्टमा बाबा बिरुद्ध उजुरी प्राप्त भएपछि उनलाई नियन्त्रणमा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
युवतीका आमाले हुलाक मार्फत प्रहरीका बाबा विरुद्ध उजुरी पठाएकी थिइन् । उनले चिठ्ठीमा आफ्नी छोरीलाई बाबाले शोषण गरेको आरोप लगाएकी छिन् ।
आफ्नी बिरामी छोरीलाई बाबाको आशिर्वादका लागि आश्रममा लगेकि थिइन् । बालिकालाई आश्रममा लगेपछि बाबाले उनकी आमालाई केही सामानको लिस्ट दिएर बजारबाट किनेर ल्याउन भने । आमा बजार गएको बेलामा बाबाले बालिकामाथि गलत गरेको उनको आमाको आरोप छ।
यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।