काठमाडौं — आजकल धमाधम बलिउड स्टारहरूका छोराछोरीहरू फिल्मी करीयर शुरु गर्ने चक्करमा छन् ।

यसमा आमिर खानकी छोरी इराको नाम पनि थपिएको छ । इराले संगीतकार राम सम्पतका साथ बलिउड संगीतमा काम गर्ने भएकी छन् ।
स्रोतका अनुसार, इरालाई सानैदेखि संगीतमा रुचि थियो । उनले सम्पतको सहायक भएर काम गरिसकेकी छन् ।
इरा आमिरकी पहिली पत्नी रीना दत्ताकी छोरी हुन् ।
आमिर र राम सम्पतले 'दिल्ली बेल्ली' र 'तलाश' लगायतका फिल्ममा काम गरिसकेका छन् । त्यस्तै टिभी शो 'सत्यमेव जयते'मा पनि उनीहरू सँगै थिए ।
एजेन्सीको सहयोगमा