११ असार २०८३, बिहीबार

ब्राजिलको संग्रहालयमा भीषण आगलागी हुँदा करोडौंको क्षति

ब्राजिलको संग्रहालयमा भीषण आगलागी हुँदा करोडौंको क्षति

काठमाडौं — ब्राजिलको सबभन्दा पुरानो र महत्त्वपूर्ण ऐतिहासिक तथा वैज्ञानिक संग्रहालयमा आगलागी भएपछि त्यहाँ रहेका दुई करोड सामानहरू नष्ट भएको विश्वास गरिएको छ । 

रियो डी जेनेरोमा रहेको २०० वर्ष पुरानो राष्ट्रिय संग्रहालयमा आइतवार बिदाको दिन आगो लागेको थियो र रातभरि दन्किएको थियो । कोही पनि हताहत भएको जानकारी छैन तर ब्राजिली विज्ञान, इतिहास र संस्कृतिको क्षति गणना गर्नै नसकिने संग्रहालयका दुई उपनिर्देशकले बताए । 

‘यो दक्षिण अमेरिकाकै सबभन्दा ठूलो प्राकृतिक इतिहास संग्रहालय थियो । हामीसँग अमूल्य संग्रहहरू छन् । ती संग्रहहरू सय वर्षभन्दा पुराना छन्,’ क्रिस्टियाना सेरेजोले जी१ न्युज साइटलाई बताइन् । 

पूर्व वातावरणमन्त्री मरिना सिल्भाले यो आगोले ब्राजिली स्मरणलाई अन्त्य पार्ने शल्यक्रियाको काम गरेको बताइन् । 

टीभी ग्लोबोले आगो निभाउनका लागि अग्निनियन्त्रकहरूसँग पर्याप्त पानी पनि नभएको रिपोर्ट दियो । 

आगो कसरी लाग्यो भन्ने खुलेका छैन । यो संग्रहालय रियोको संघीय विश्वविद्यालयको एक भाग थियो तर हालैका वर्षमा यसको मर्मत गरिएको थिएन । 

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्