१४ असार २०८३, आइतबार

एउटा यस्तो देश जहाँको राष्ट्रपतिले नै चलाउथे 'हत्याराको गिरोह'

कात्तिक २०, २०७४
एउटा यस्तो देश जहाँको राष्ट्रपतिले नै चलाउथे   'हत्याराको गिरोह'
एजेन्सी: राष्ट्रपति पद कुनै पनि देशको लागि उच्च र विशिष्ट पद मानिन्छ। त्यो देशमा कानूनले सबैलाई बराबरी नजरले हेरेको हुन्छ। तर एउटा यस्तो देश जहाँको राष्ट्रपति नै 'हत्याराको गिरोह' चलाउँदै आएको खुलासा भएको छ। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतर्तेमाथि 'हत्यारा गिरोह चलाउने' आरोल लागेको छ।

उनले अपराधीलाई मार्नको लागि प्रहरी र हत्यारालाई पैसा दिने गरेको खुलासा भएको छ। फिलिपिन्सका एक पूर्व प्रहरी अधिकृत आर्थर लेसकेशनले उनीमाथि यस्तो आरोप लगाएका थिए। उनका अनुसार राष्ट्रपति स्यवम नै धेरै हत्यामा आफैं संलग्‍न रहेका छन्। उनले भनेका छन्, ' सन् १९८८मा जब दुतर्ते दवाओको दक्षिणी शहरको मेयर बनेका थिए। त्यतिबेला उक्त गिरोह अस्तित्वमा आएको थियो।'
यस्तै आर्थरले राष्ट्रपति रोड्रिगो स्यवम आफू हत्या गिरोहको कमाण्डर भएर काम गरिसकेको दाबी गर्दै उसलाई जेलको सजाय हुनु पर्ने माग गरेका छन्। तर राष्ट्रपति रोड्रिगो दुतर्तेले आफूमाथि झूठो आरोप लगाउने प्रायस भइरहेको भन्‍दै उक्त आरोफलाई अस्विकार गरेका छन्। उनले आफूले कुनै पनि हत्यामा संलग्‍न नहरेको र कसैको हत्या नगरेको दाआी गरेका छन्।

'ह्यारा गिरोहलाई पैसा दिएर ड्रग डिलर व्यापारीको हुन्थ्यो हत्या'
अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार जुन महिनामा जब दुतर्तेले राष्ट्रपतिको सपथसँगै कार्यभारको जिम्‍मा सम्हाले, फिलिपिन्समा ३ हजार ६ सय बढी मानिसको प्रहरीद्वारा हत्या भयो।

समाचारमा बताइए अनुसार धेरै अधिकार समूहले राष्ट्रपतिको उक्त कदमलाई घटिया भन्द‍ै मुद्दा लगाउनु पर्ने माग गरेका थिए। तर प्रहरीले प्रमाण पुर्‍याउन नसक्ने गरी गिरोहलाई पैसा दिएर फरार बनायो। प्रहरीले सबै कुरामा साथ दिएपछि आर्थरले राष्ट्रपति हत्याराको जालोमा सक्रियता देखाएको दाबी गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्