२८ जेठ २०८३, बिहीबार

बिमस्टेक सम्मेलनले नेपालको प्रभाव, प्रतिष्ठा, विश्वसनीयता र सामर्थ्य वृद्धि गर्‍यो- प्रधानमन्त्री ओली

बिमस्टेक सम्मेलनले नेपालको प्रभाव, प्रतिष्ठा, विश्वसनीयता र सामर्थ्य वृद्धि गर्‍यो- प्रधानमन्त्री ओली

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सम्मेलनको सफलताले नेपालको प्रतिष्ठा र सामर्थ्य बढेको बताउनु भएको छ । 

‘शिखर सम्मेलनको सफलताले नेपालको प्रभाव, प्रतिष्ठा, विश्वनियता र क्षमता बृद्धि गरेको छ । नेपालले गर्न सक्छ र व्यस्थित ढंगले गर्न सक्छ भन्ने देखिएको छ’ प्रतिनिधि सभाको मंगलवार बसेको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ।

छोटो समयमा आयोजना गरिएको भएपनि बिमस्टेक भव्यतापूर्वक सम्पन्न भएको उहाँले बताउनुभयो । ‘भुटान, बंगलादेशको चुनाव, संयुक्त राष्टसंघको महासभा र भारतको चुनाव गायतका कारण बिमस्टेक अहिले नै गर्नु पर्ने थियो’ ओलीले भन्नुभयो, ‘अहिले नगरेको भए बिमस्टेक सम्मेलन सवा बर्ष पर जाने थियो ।’

प्रधामनन्त्री ओलीले बिमस्टेक सम्मेलनको दौरानमा भएको सहमति अनुसार नेपालले उत्पादन गरेर बचत रहेको विजुली बेच्ने बाटो खुलेको र यो महत्वपूर्ण उपलव्धी भएको बताउनुभयो । 
बिमस्टेकलाई दक्षिण र दक्षिणपूर्वी एसियाको गतिशिल पुल बनाउने निर्णय भएको उहाले बताउनुभयो । 

बिमस्टेक सम्मेलनमा सहभागि हुन आएका म्यानमार र श्रीलंकाका  राष्टपतिको भ्रमणलाई दुइपक्षीय र औपचारिक भ्रमणको रुपमा व्यबहार गरिएको उहाँले बताउनुभयो । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई पनि औपचारिकता प्रदान गरिएको उहाँले सदनलाई जानकारी दिनुभयो । 

भदौ १४ र १५ काठमाडौंमा आयोजना गरिएको बिमस्टेकको चौथो सम्मेलनको तयारीबारे प्रधानमन्त्री ओलीले पहिले पनि जानकारी गराउनु भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्