
काठमाडौं — भारतको उत्तर प्रदेशस्थित शामली जिल्लामा एउटा बैंकमा मुसाहरूले अलार्म बजाइदिँदा प्रहरी र सरकारी अधिकारीहरूलाई हैरानी भएको छ ।
मुसाहरूले भूलवश सोमवार इन्डियन बैंकको एक शाखाको अलार्म बजाइदिएको प्रहरीले बतायो ।
जन्माष्टमीको बिदा भएकाले घटना हुँदा कुनै पनि बैंक अधिकारी बैंकमा थिएनन् ।
स्थानीयहरूले ब्रान्च म्यानेजर र प्रहरीलाई खबर गरेपछि उनीहरू घटनास्थलतर्फ दौडेका थिए ।
बैंकमा केही पनि शंकास्पद कुरा भेटिएन, बरू अलार्म सिस्टमनजिक केही मुसाहरू दौडिरहेको प्रहरीको भनाइ छ ।
हिन्दुस्तान टाइम्सबाट