०९ असार २०८३, मंगलबार

लन्डनको प्राथमिक विद्यालयमा आगलागी, १२ दमकल आगो निभाउन संघर्षरत

लन्डनको प्राथमिक विद्यालयमा आगलागी, १२ दमकल आगो निभाउन संघर्षरत

काठमाडौं — पूर्वी लन्डनमा रहेको एक प्राथमिक विद्यालयमा आगलागी हुँदा कम्तीमा १२ दमकल र ८० अग्निनियन्त्रकलाई बोलाइएको दमकल विभागले बताएको छ । आगलागीले भवनमा निकै क्षति पु–याएको बताइएको छ । 

डागेनहाम क्षेत्रमा हिवट रोडमा रहेको विद्यालयमा मंगलवार बिहान आगो लागेको थियो । ‘आगाका लप्काहरू टाढासम्म देखिन्छन् र अग्निनियन्त्रकहरू घटनास्थलमा आइपुग्दा चर्को आगो लागेको थियो,’ दमकल व्यवस्थापक रड
वेनराइटले बताए । 

एक समयमा यो एकतल्ले भवनको लगभग आधा भाग आगोको चपेटामा थियो । अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रण गर्न कठिन मेहनत गरेका थिए । उनीहरू आज दिनभरि त्यहीँ रहने अपेक्षा छ ।

वेनराइटका अनुसार, आगलागीको कारणबारेमा कुरा गर्नु हतारो हुन्छ । ‘अग्नि अनुसन्धानकर्ताहरूले घटनास्थलमा पुगेर काम शुरू गरेका छन्,’ उनले भने । घटनामा कोही पनि घाइते नभएको उनले जानकारी दिए ।

आरटीबाट
 

salt training

कमेन्ट गर्नुहोस्