
काठमाडौं– संवैधानिक परिषद्को बैठक बुधबार बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने परिषद् बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्तिको विषयमा छलफल हुने बताइएको छ ।
अख्तियार दुरुपयोगमा लामो समयदेखि प्रमुख आयुक्त पद खाली रहेको छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ । अहिले नविन घिमिरेले कायममुकायम प्रमुख आयुक्तको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।
स्रोतका अनुसार बैठकले घिमिरेको नाम नै सिफारिस गर्ने सम्भावना छ ।