२४ जेठ २०८३, आइतबार

न्यायाधीशलाई च्याम्बरमै डस्यो सर्पले, अदालतमा हंगामा

न्यायाधीशलाई च्याम्बरमै डस्यो सर्पले, अदालतमा हंगामा

काठमाडौं — भारतको नवी मुम्बईमा रहेको एक अदालतको च्याम्बरमा एक सर्पले न्यायाधीशलाई नै डसेपछि हंगामा मच्चिएको छ । तर न्यायाधीशलाई टोक्ने साँप विषालु थिएन । 

घटनापछि अदालत अस्तव्यस्त भयो । हतारहतार न्यायाधीशलाई अस्पतालमा भर्ना गरियो र सर्पलाई समातेर अर्को ठाउँमा छोडियो । 

मंंगलवार बिहान पनवेल अदालतमा जुडिसियल फर्स्ट क्लासलाई एक सर्पले टोक्यो । न्यायाधीश त्यतिखेर च्याम्बरमा थिए । 

पनवेल बार एसोरिएसनका अध्यक्ष अधिवक्ता मनोज भुजबलले भने, ‘बिहान साढे ११ बजे विषरहित सर्पले जेएमएफसी सीपी काशिदको दाहिने हातमा डस्यो । उनलाई पनवेलको सब डिभिजनल अस्पतालमा उपचार गर्न लगियो र पछि
पनवेलको गान्धी अस्पताल पठाइयो । साँझ उनलाई अस्पतालबाट छुट्टी दिइयो ।’

घटना भएपछि सर्प समात्ने मानिसलाई अदालतको च्याम्बरमा बोलाइयो । उसले सर्प समातेर जंगलमा छोडे । 

अदालतको भवन निकै पुरानो छ र पछिल्तिरको भाग खुलै छ । त्यसैले त्यहाँ सर्पहरू आइरहेका हुन्छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्