
काठमाडौं — चीनले संसारका कुनै पनि देशको भन्दा बढी सौर्य ऊर्जा बनाइरहेको छ । एक आँकलन अनुसार, चीन १३ हजार किलोवाट सौर्य ऊर्जा तयार पारिरहेको छ । विज्ञहरूका अनुसार, चीनले उत्पादन गर्ने बिजुलीले बेलायतको विद्युत् आवश्यकता धेरैचोटि पूरा गर्न सक्छ ।
चीनले संसारको सबभन्दा ठूलो सोलर प्लान्ट तेन्गर मरुभूमिमा राखेको छ । त्यसको क्षमता १५ सय मेगावाट छ ।
तिब्बतको पठारमा बनाइएको ८५० मेगावाटको फार्ममा ४० लाख सोलर प्यानल राखिएको छ ।
मार्केट रिसर्च फर्म ब्लूमबर्ग न्यु एनर्जी फाइनान्सको योज लियुको कुरा मान्ने हो भने सोलर प्यानल बनाउनमा चीन संसारमै अग्रणी छ । इन्टरनेसनल एनर्जी एजेन्सीका अनुसार, संसारभरको ६० प्रतिशत सोलर प्यानल चीनले नै तयार पारेको हो ।
चीनमा अहिले पनि दुईतिहाइ बिजुली कोइलामा आधारित संयन्त्रबाट निस्कन्छ । राजधानी बेइजिङ समेत औद्योगिक शहरहरूमा प्रदूषण एक भयंकर समस्या हो । त्यसैले चीन कोइलाको खपत कम गर्न चाहन्छ ।
उत्तर र पश्चिमोत्तर चीनमा सूर्यको प्रकाश भरपूर छ । त्यसैले त्यहाँ अनेकौं ठूला सौर्य ऊर्जा फार्म बनाइएका छन् ।
चीनले अनेकौं सोलार फार्म राजनीतिक पमा अशान्त इलाकामा बनाएको छ । विज्ञहरूका अनुसार, ती क्षेत्रमा फार्म बनाउनुको उद्देश्य पूर्णतः राजनीति छ । सरकार ती इलाका छोडेर गइरहेका मानिसलाई रोक्न चाहन्छ ।
एजेन्सी