०४ असार २०८३, बिहीबार

जर्मनीमा नाजीविरोधी सांगीतिक समारोह आयोजित

जर्मनीमा नाजीविरोधी सांगीतिक समारोह आयोजित

काठमाडौं — जर्मनीको पूर्वी शहर केमनिट्जमा सोमवार राति रंगभेद तथा जातिभेदविरोधी सांगीतिक समारोहमा हजारौं मानिसले भाग लिए । 

अगस्टको अन्त्यतिर ३५ वर्षीय एक व्यक्तिलाई चक्कु प्रहार गरी हत्या गरिएको थियो । त्यसमा दुईजना प्रवासी संलग्न रहेको आरोप छ । त्यसपछि शहरमा दक्षिणपन्थीहरूले –याली निकालेका थिए । 

सोमवारको समारोहमा पंक र हिपहप ब्यान्डले कार्यक्रम प्रस्तुत गरे । समारोहमा उपस्थित धेरै मानिसले नाजीहरूलाई भगाऊ जस्ता नारा लगाएका थिए । 

कार्यक्रममा भाग लिन इच्छुक सबै मानिसलाई ठाउँ पुगोस् भनी आयोजकहरूले कन्सर्टको भेन्यु परिवर्तन गरे । कन्सर्टको शुरूआत चक्कु आक्रमणबाट मारिएका पििडतका लागि एक मिनेटको मौनधारणबाट गरिएको थियो । 

त्यतिखेर स्थानीय प्रहरीले शनिवारको प्रदर्शनका बेलामा एक पत्रकारमाथि आक्रमण गर्ने घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको जानकारी दियो । 

त्यसअघि सोमवार एक प्रवासीलाई पूर्वजर्मन प्रेमिकाको हत्याको मुद्दामा आठ वर्षभन्दा बढीको सजाय सुनाइयो । सजाय पाउने व्यक्ति अफगान मूलको भएको मानिएको छ । घटनापछि देशभरि रोष फैलिएको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्