
पोखरा– सातवटै प्रदेशका मुख्य न्यायाधिवक्ताहरुको भेला सकिएको केही दिनमै सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला हुने भएका छन् । बिहीबार हुने भेलाका लागि अधिकांश मुख्यमन्त्रीहरु पोखरा आइसकेका छन् ।
प्रदेश सरकारले भोग्नुपरेका समस्या, संघ सरकारसँगका अपेक्षा लगायत विषयमा छलफल गर्न मुख्यमन्त्रीहरु पोखरामा भेलामा जुटेका हुन् । बैठकमा एकै स्वरमा प्रदेशको आवाज उठाउने गरी पोखरा भेलामा छलफल हुनेछ ।
प्रधानमन्त्री अध्यक्ष रहने अन्तर प्रदेश परिषदको बैठक २४ भदौमा बस्न लागेको पूर्वसन्ध्यामा देशैभरको प्रदेशका सबै मुख्यमन्त्री पोखरामा भेला हुन लागेको हो । संघ सरकारले कानून निर्माण र कर्मचारी व्यवस्थापन नगरिदिँदा प्रदेशलाई काम गर्न अप्ठेरो परेको गुनासो मुख्यमन्त्रीहरुले गर्दै आएका छन् ।