
टोकियो– जापानको दक्षिणी क्षेत्रमा पर्ने सापोरोको होकाइदो केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ३ बजे गएको भूकम्पको धक्का झण्डै २० सेकेण्ड महसुस गरिएको थियो ।
भूकम्पका बेलामा भर्याङबाट लडेर ८२ वर्षका एक वृद्धको ज्यान गएको छ । कम्तीमा १० जना घाइतेलाई अस्पताल लगिएको छ । भूकम्पका कारण केही घर भत्किएका छन् ।
भत्किएका घरमा केही व्यक्ति फसेका प्रहरीले अनुमान गरेको छ । उद्धारको कामलाई प्राथमिकता दिन प्रधामन्त्री सिन्जो आवेले निर्देशन दिएका छन् । भूकम्पको परकम्प अहिले पनि आइरहेको तर सुनामीको खतरा भने नरहेको बताइएको छ ।