
अभिनेता तथा निर्माता राकेश रोशनलाई बलिउडमा सुपरहिरो फिल्म बनाउने ट्रेण्ड शुरु गर्ने श्रेय जान्छ ।
राकेश रोशनले फिल्मी करियरको शुरुवाता १९७० मा फिल्म घर घरकी कहानीबाट गरेका थिए । सफल अभिनेता बन्न नसकेपछि एक सफल डाइरेक्टर भने बने ।
उनका बारेमा अमिताभ बच्चनको नाम बेला बेलामा जोडिएर आउने गरेको छ । किनकी अमिताभ बच्चनका साथ उनले कहिल्यै काम गरेनन् ।
तर यस्तो होइनकी दुबै बीच कुनै मनमुटाव भएको थियो । वास्तवमा राकेश रोशनले अमिताभलाई हेर्दै फिल्म किंग अंकल लेखेका थिए । तर अमिताभले अन्तिम समयमा त्यस फिल्ममा काम गर्न मानेनन् । यसपछि उनले कहिल्यै बिग बीका साथ कुनै काम गरेका छैनन् ।
राकेश रोशनले आफ्नो करियरमा ८४ फिल्ममा काम गरेका छन् । अभिनेताको फिल्डमा सफता नमिलेपछि उनले १९८० मा प्रोडक्सन कम्पनी खोलेका थिए । उनले १९८० मा उनले दीवाने फिल्म बनाए । तर यो फिल्म खासै चलेन । उनले कामचोर फिल्म बनाए जो बक्स अफिसमा हिट भएको थियो ।
उनले कन्हैया, करण–अर्जुन जस्ता सुपरहिट फिल्म निर्देशन गरेका छन् ।
राकेशले आफ्नो छोरा रितिकका लागि कहोना प्यार है फिल्मबाट लञ्च गरेका थिए । यो फिल्म सुपरहिट भएको थियो । यसबाटै ऋतिक रातारात हिट भएका थिए । त्यसपछि उनले कोई मिल गया बनाए ।