१७ असार २०८३, बुधबार

ट्रम्पको भण्डाफोर गर्ने अर्को पुस्तक सार्वजनिक, ह्वाइट हाउसमा डरको वातावरण रहेको दाबी

ट्रम्पको भण्डाफोर गर्ने अर्को पुस्तक सार्वजनिक, ह्वाइट हाउसमा डरको वातावरण रहेको दाबी

काठमाडौं — अमेरिकाको सबभन्दा ठूलो विवाद वाटरगेटको खुलासा गर्ने पत्रकारले राष्ट्रपति डोनल्ड ट्रम्प र ह्वाइट हाउसको भण्डाफोर गर्ने एक किताब सार्वजनिक गरेका छन् । यसअघि फायर एन्ड फ्युरी नामक पुस्तकले पनि ट्रम्पको भण्डाफोड गरेको थियो ।

पुस्तकमा दाबी गरिएअनुसार, ह्वाइट हाउसका अधिकारीहरू ट्रम्पसमक्ष महत्त्वपूर्ण दस्तावेज प्रस्तुत गर्दैनन् किनकि उनीहरू ट्रम्पलाई पत्याउँदैनन् । कतिपय अधिकारीहरू ट्रम्पलाई बेवकूफ र झुटो पनि मान्छन् ।

अधिकारीहरूले नाम नछाप्ने शर्तमा यसो भनेको वूडवर्डको पुस्तकमा उल्लेख छ । देशका रक्षामन्त्री जेम्स म्याट्टिस पनि ट्रम्पको बुद्धि ६ कक्षा पढ्ने बच्चाको जति भएको मान्छन् । 

कृतिकार वूडवर्ड द वाशिङटन पोस्टका वरिष्ठ पत्रकार हुन् । पुस्तकको नाम ‘फीयर ः ट्रम्प इन द ह्वाइट हाउस’ हो । 

पुस्तक ११ सेप्टेम्बर अर्थाते मंगलवार सार्वजनिक हुँदैछ । तर केही मिडियामा पुस्तकका केही अंश प्रकाशित भइसकेका छन् । किताबमा ट्रम्प आएपछि ह्वाइट हाउसको कामकाज बिग्रिएको बारेमा लेखिएको छ । 

किताबमा बताइएअनुसार, ट्रम्पले पेन्टागनलाई सिरियाका राष्ट्रपति बशीर अल–असदको हत्याको षड्यन्त्र रच्न लगाएका थिए । यसमाथि रक्षामन्त्री म्याट्टिसले विचार गर्ने त बताए तर पछि आफ्ना सहकर्मीहरूलाई यस्तो कुनै पनि कदम
नचाल्न निर्देशन दिए । 

पुस्तकमा लेखिअनुसार, चीफ अफ स्टाफ जोन केलीले ट्रम्पको मानसिक स्थितिमा प्रश्न उठाइसकेका छन् । एक बैठकमा उनले ह्वाइट हाउसलाई बौलाहा बस्ने ठाउँ समेत भनेका थिए । 

किताबका केही अंश सार्वजनिक भएपछि ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सारा स्यान्डर्सले बयान जारी गरिन् । बयानमा उल्लेखित छ, ‘किताबमा कल्पनाशील कथा मात्र छन् । यी कथाहरू बबलाई ह्वाइट हाउसका केही असन्तुष्ट
कर्मचारीले दिलाएका हुन् ।’

राष्ट्रपति ट्रम्प आफैंले ट्वीट गरेर पुस्तकको विश्वसनीयतामाथि प्रश्न उठाए । 

बब वूडवर्डले जर्ज बुश र बाराक ओबामा जस्ता नेतामाथि पुस्तक लेखिसकेका छन् । उनलाई राजनीतिका सम्बन्धमा विशेषज्ञ पत्रकार मानिन्छ । किताबका बारेमा बबले ट्रम्पसँग कुरा गर्न खोज्दा अधिकारीहरूले उनलाई ह्वाइट
हाउस आउनबाट रोके ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्