०७ असार २०८३, आइतबार

ट्रकको ठक्करबाट माेटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट माेटरसाइकलमा सवार दुई जनाको मृत्यु

राजविराज-पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना२ख ३००१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा५०प ६००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापाको मेची नगरपालिका–६ बस्ने ३४ वर्षीय अर्पण तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २८ वर्षीय अल्केश थापाको पनि मृत्यु भएको छ । उनको भने उपचारको लागि राजविराजस्थित गजेन्द्र सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिप्रकाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्