१२ असार २०८३, शुक्रबार

घुस लिँदा लिँदै प्रहरी इन्सपेक्टर रंगेहात पक्राउ

घुस लिँदा लिँदै प्रहरी इन्सपेक्टर रंगेहात पक्राउ

बर्दिया– बर्दियाको मैनापोखर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) गणेशसिंह महता घुस लिँदा लिँदै पक्राउ परेका छन् । 

अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई छाडिदिने भन्दै लिएको ३० हजार रुपैयाँ घुससहित इन्सपेक्टर महता पक्राउ परेका हुन् । इन्सपेक्टर महतासहित स्थानीय मध्यस्थकर्ता मैया पौडेल समेत पक्राउ परेकी छन् । 

अनुसन्धानमा लिएका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाएर आफन्तबाट घुस लिइरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्जस्थित कार्यालयबाट खटिएको टोलीले महता र पौडेललाई घुस रकमसहित आइतवार नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्