१२ असार २०८३, शुक्रबार

प्रधानन्यायाधीशमा मिश्रको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

प्रधानन्यायाधीशमा मिश्रको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधान्यायाधीशमा सिफारिश ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

संसद सचिवालय सिंहदरवारमा सोमवार बसेको समितिको बैठकले मिश्रको नाम अनुमोदन गरेको हो । 

सुनुवाइ समितिले नाम अनुमोदन गरेसँगै प्रधानन्यायाधीश नियुक्तिका लागि राष्ट्रपतिलाई बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिश समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । 

त्यसअघि सुनुवाइ समितिमा आफ्नो योजना पेश गर्दै कामु प्रधानयायाधीश मिश्रले कार्यकाल छोटो भएपनि अदालतको साख अभिवृद्धिका लागि काम गर्ने बताएका थिए । 

सुनुवाइका क्रममा समिति सदस्यहरूले मिश्रसँग अदालतमा हुने ढिलासुस्ती, अनियमितता लगायतका विषयमा प्रश्न गरेका थिए । 

प्रधानन्यायाधीशमा प्रस्तावित मिश्र लामो समयदेखि न्याय सेवामा छन् । वि.सं. २०७१ सालमा मिश्र सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए । 

सकभर कसैलाई नचिढ्याउने स्वभावका मिश्रले छिटो छरितो न्याय दिने सन्दर्भमा विभिन्न कालखण्डमा भूमिका निर्वाह गरेका छन् ।

सर्वोच्चमा जोशीको कार्यकाल आगामी पुस १८ गतेसम्म रहनेछ ।

यसअघि परिषद्बाट सर्वोच्चको प्रधानन्यायाधीश सिफारिश दीपकराज जोशीको नाम सुनुवाइ समितिले अस्वीकार गरेको थियो ।

संसदीय सुनुवाइको इतिहासमा जोशी अस्वीकृत भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्