काठमाडौं — दक्षिण सुडानमा आइतवार एक व्यावसायिक विमान नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा १९ जनाको ज्यान गएको छ ।
दुर्घटनामा तीनजना जीवित रहेका छन् ।
समाचार संस्था एपीले सूचना अधिकारी तबान अबेललाई उद्धृत गर्दै व्यावसायिक विमान राजधानी जुबाबाट यिरोल शहरका लागि उडेको बताए । मौसम खराब भएर चालकले प्रस्ट नदेखेका कारण राजधानीबाट ३०० किलोमिटर पर
विमान दुर्घटनामा परेको थियो ।
विमानमा २२ यात्रु थिए ।
एजेन्सी