१० असार २०८३, बुधबार

राष्ट्रपतिविरुद्धको अज्ञात पत्र आफ्नो स्टाफले नलेखेको माइक पेन्सको दाबी

राष्ट्रपतिविरुद्धको अज्ञात पत्र आफ्नो स्टाफले नलेखेको माइक पेन्सको दाबी

काठमाडौं — अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनल्ड ट्रम्पको नेतृत्वको आलोचना गर्ने न्युयोर्क टाइम्सको लेख आफ्नो स्टाफले नलेखेको बताएका छन् । 

उनले भने, ‘म यसमा शतप्रतिशत विश्वस्त छु । म यसका लागि लाई डिटेक्टर टेस्ट लिन पनि तयार छु ।’

केही दिनअघि ट्रम्प प्रशासनसँग जोडिएका भनिएका एक अधिकारीले न्युयोर्क टाइम्समा एक लेख छापेर ट्रम्पका निर्णय देशका लागि हानिकारक रहेको दाबी गरेका थिए । उनले बेनामे लेख लेखेका थिए । 

ती अधिकारी माइक पेन्समुनि बसेर काम गर्ने मानिस भएको अनुमान गरिएको थियो । तर पेन्सले भने, ‘म आफ्ना मानिसलाई चिन्छु । सबै अधिकारी राष्ट्रपति ट्रम्पद्वारा देशका मानिसको हितमा गरिएको कामलाई अघि बढाउन दत्तचित्त
छन् । यसबारेमा लगाइएका सबै आरोप झुटा छन् ।’

अमेरिकामा बाजी खेल्नेहरूले अधिकारीको नामका विषयमा सट्टा थाप्न शुरू गरिसकेका छन् । त्यसमा सबभन्दा बढी शंका पेन्समाथि नै गरिएको छ । अमेरिकाका राजनीतिक विश्लेषकहरूले पनि लेखक पेन्स हुनसक्ने बताए । 

ट्रम्पले न्युयोर्क टाइम्समा आफ्नोविरुद्ध छापिएको लेखको अनुसन्धान गर्ने आदेश दिएका छन् । अनुसन्धानको जिम्मा डिपार्टमेन्ट अफ जस्टिसका एटर्नी जनरल जेफ सेसन्सलाई सुम्पिइएको छ । ट्रम्पले अज्ञात अधिकारी लेखकले
देशको सुरक्षामा खेलवाड गरेकाले उनलाई सार्वजनिक गर्ने बताए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्