०१ असार २०८३, सोमबार

विमान उडानकै क्रममा पाइलट निदाएपछि यात्रु आतंकित

विमान उडानकै क्रममा पाइलट निदाएपछि यात्रु आतंकित

काठमाडौं — स्कटल्यान्डको ग्लास्गोबाट अमेरिकाको न्युजर्सी गइरहेको युनाइटेड एयरलाइन्सको एक उडानमा यात्रुहरू आतंकित भएका छन् । 

एक पाइलटले फर्स्ट क्लासमा आएर कपडा चेन्ज गरेर आराम गरेपछि यात्रुहरू सुरक्षाका विषयमा त्रसित भए । सात घन्टा लामो उडानमा पाइलट एक घन्टा निदाए । 

उडान नम्बर यूए१६१ मा यो घटना भएको थियो । लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान सकुशल गन्तव्यमा पुगेको थियो । विमानको ककपिटमा तीन पुरुष क्रु सदस्यहरू पनि थिए र उनीहरूले स्थितिलाई नियन्त्रणमा राखे । एक सेवानिवृत्त प्रहरी अधिकारीले उडानका क्रममा सुतिरहेका क्याप्टेनको फोटो खिचे । 

उनले भने, ‘पाइलटले कपडा फेरे र टीशर्ट लगाएर बाहिर आए । उनी सीधै फर्स्ट क्लासमा गए र आरामले सुते । एक घन्टा निदाएपछि उनी उठे र कपडा फेरेर ककपिटमा गए । उनी गएपछि अर्का पाइलट सुत्न आए ।’

पाइलट अतिरिक्त दबाबका कारण थाकेको हुनसक्ने केही यात्रीको भनाइ छ । सात घन्टाको यात्रामा पाइलटले आरा मगर्न पाउँछन् तर यात्रीलाई थाहा नदिइकन त्यसो गरेको भए हुन्थ्यो भन्ने यात्रीहरूको भनाइ छ । 

एयरलाइन्सले यस विषयमा स्पष्टीकरण दिँदै सुत्नु नियमभित्रै रहेको बतायो । लामो दूरीको उडानमा पाइलटलाई केही समय आराम गर्न दिइन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्