३२ असार २०८३, बिहीबार

सर्वोच्चमा एउटा क्षण : प्रधानन्यायाधीश मिश्रलाई ‘अस्वीकृत’ जोशीले अंगालोमा कस्दा...

भदौ २५, २०७५
सर्वोच्चमा एउटा क्षण : प्रधानन्यायाधीश मिश्रलाई ‘अस्वीकृत’ जोशीले अंगालोमा कस्दा...

काठमाडौं– नेपालको न्यायिक इतिहासमा पहिलोपटक कुनै न्यायमूर्ति प्रधानन्यायाधीशमा अस्वीकृत भए, संसदीय सुनुवाइबाट । ती न्यायमूर्ति हुन्, सर्वोच्चका न्यायाधीश दीपकराज जोशी । 

वरिष्ठतम् न्यायाधीशका रुपमा संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका जोशीलाई संसदीय सुनुवाई समितिले नेपालको प्रधानन्यायाधीश हुन ‘योग्य नभएको’ भन्दै अस्वीकृत गर्यो । 

जोशी अस्वीकृत भएपछि वरिष्ठताका आधारमा जोशी पछि दोस्रो नम्बरमा रहेका सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भए । 

सोमवार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले मिश्रको नाम सर्वसम्मतिले स्वीकृत गर्यो । संसदीय सुनुवाइ समितिबाट स्वीकृत भएका मिश्रले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी साेमवारै पदभार पनि ग्रहण गरेका छन् । 

राष्ट्रपति भवन शीतलनिवासमा सपथ ग्रहण गरेपछि पदभार ग्रहणका लागि सर्वोच्च पुगेका प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्न उनका सहपाटी न्यायाधीशसँगै सर्वोच्चका कर्मचारी लाइन लागेर उभिएका थिए । लाइनमा सबैभन्दा अगाडि दिए दीपकराज जोशी । 

नेपालको २८ औं प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले मिश्रलाई भने हार्दिकताका साथ स्वागत गरे । मिश्रको हातमा पूष्प गुच्छा दिएपछि जोशीले अंगालो नै हालेपछि सर्वोच्चको माहोल एका–एक भावनात्मक पनि बन्यो । 

जोशीले भावनात्कम रुपमा मिश्रलाई अंगालो हालेर स्वागत गरेपछि धेरैजनाले सर्वोच्च अदालतमा हार्दिकताको वातावरण बनेको पनि बताए । 

साउन १८ गतेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि विदामा बसेका जोशी अब काममा फर्किने सोचमा छन् । जोशीनिकट स्रोतका अनुसार उनी सम्भवत् मंगलवारदेखि नै सर्वोच्चमा नियमित रुपमा काममा फर्किनेछन् । 

कामू प्रधानन्यायाधीशका रुपमा करिब ५ महिनासम्म सर्वोच्चको पेशी तोकेको जोशीले अब मिश्रले तोकेको पेशीअनुसार इजलाशमा बस्नेछन् ।  

salt training

कमेन्ट गर्नुहोस्