०७ असार २०८३, आइतबार

हिमालयन ट्रेकिङ ग्यास स्टोरमा आगलागी, पाँच जना घाइते

हिमालयन ट्रेकिङ ग्यास स्टोरमा आगलागी, पाँच जना घाइते

काठमाडौं– काठमाडौं महानगरपालिका २७ ज्याथामा रहेको हिमालयन टे«किङ ग्यास स्टोरमा आगलागी भएको छ । मंगलबार बिहान करिब ४ः२५ बजे आगलागी भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागीमा परि पाँचजना घाइते भएका छन् । 

सुनिलमान स्थापितको ६ तले घरमा आगलागी भएको हो । दोलखाका पेमा दोर्जे लामाले स्थापितको घर भाडामा लिएर ग्यास स्टोर संचालन गरेका थिए । आगलागीबाट ८० थान ग्यास सिलिन्डरमा क्षति पुगेको छ । भरेका ३० थान र खाली ५० थान ग्यास सिलिन्डरमा क्षति पुगेको हो ।

केहि ग्यास सिलिन्डर पड्किएका छन् । स्थानीयले पड्किएको आवाज सुनेको बताएका छन् । महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आगो लागेपछि हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा ज्याथा र क्षेत्रपाटी क्षेत्रका बासिन्दा भागाभाग भएका थिए ।

आगलागीका क्रममा भाग्न खोज्दा केही स्थानीयबासी लडेर घाइते भएका हुन् । आगो लागेपछि झ्यालबाट हामफालेर भाग्ने क्रममा घाइते भएका २ जनालाई उपचारका लागि अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्