१० साउन २०८३, आइतबार

नेविसंघको १२औं महाधिवेशन कात्तिक १६ देखि, हट्यो ३२ वर्षे उमेर हद

नेविसंघको १२औं महाधिवेशन कात्तिक १६ देखि, हट्यो ३२ वर्षे उमेर हद

काठमाडौं– नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन आउँदो कात्तिकमा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यलय सानेपामा तिन दिनसम्म चलेको नेविसंघ केन्द्रीय समितिको वैठकले संघको १२औं महाधिवेशन कात्तिक १६, १७ र १८ गते गर्ने निणर्य गरेको हो ।

अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीहरूको ६ सदस्यीय समितिले केन्द्रीय समितिमा उठेका बिषयहरू समेटेर सबैसँग आवश्यक समन्वय गरि भदौ २७ गतेभित्र संघको संसोधित विधान, नियमावली २०७५ पार्टीलाई बुझाउने निर्णय गरेको छ ।  यस्तै, विधान, नियमावली पार्टीबाट अनुमोदन भएपछी लगत्तै क्याम्पस, जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाउने र अधिवेशन गर्ने भएको छ । 

जसअनुसार असोज ७ गते देशैभरका मावि र क्याम्पसको अधिवेशन, असोज १२ मा स्थानीय तहको अधिवेशन, असोज १५ मा  प्रदेश क्षेत्र अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लामा जिल्ला अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पसको अधिवेशन, कात्तिक १० र ११ मा ७ वटै प्रदेशको अधिवेशन हुने छ । 

सोमबार राती १० बजे सकिएको नेविसंघ केन्द्रीय समितिले प्रस्तावित विधान र नियमावलीबाट नेविसंघमा लाग्ने भनिएको ३२ वर्षे उमेर हद पनि हटाएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्