१५ असार २०८३, सोमबार

चीनमा इसाईहरूलाई धर्म छोड्न लगाइयो, बाइबल जलाइयो

चीनमा इसाईहरूलाई धर्म छोड्न लगाइयो, बाइबल जलाइयो

काठमाडौं — चीनको राजधानी बेइजिङसमेत अनेक शहरमा अधिकारीहरूले बाइबल जलाएका, होली क्रस भाँचेका र चर्चहरू बन्द गराएका छन् । 

इसाईहरूलाई एउटा कागजमा हस्ताक्षर गर्न लगाएर आफ्नो धर्म छोड्न भनिएको छ । पादरी तथा चीनको अल्पसंख्यक समुदायसम्बन्धी एक समूहले यसको जानकारी दिएको छ । 

सबै धर्मलाई चिनियाँकरण गरेर कम्युनिस्ट पार्टीप्रति बफादारिताको आदेश दिइएको सन्दर्भमा यो घटना भएको हो । पार्टीले मानिसको जीवनमा गर्ने नियन्त्रणलाई अरू कसैले चुनौती नदेओस् भन्ने उद्देश्य राखेको छ । 

अमेरिकामा रहेको समूह चाइना एडका बब फुले हेनान प्रान्तमा चर्चहरू बन्द गरिएको र बेइजिङको प्रमुख चर्च सञ्चालन गर्न नदिएबाट राज्यको दमनमा वृद्धि भएको बताएका छन् ।

एसोसिएटेड प्रेसबाट
 

salt training

कमेन्ट गर्नुहोस्