०७ असार २०८३, आइतबार

नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट हुँदा ३५ जनाको मृत्यु

नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट हुँदा ३५ जनाको मृत्यु

काठमाडौं — नाइजेरियाको उत्तरी नासारावा शहरमा सोमवार राति एक पेट्रोल ट्यांकर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । दुर्घटनामा सयभन्दा बढी मानिसलाई आगोले पोल्यो । 

सरकारी विपत निकायले मंगलवार यसको जानकारी दियो । विस्फोट लाफिया माकुरदी सडकमा रहेको एक पेट्रोल पम्पमा भएको थियो । पेट्रोल हाल्दै गर्दा ट्रकमा विस्फोटन भएको थियो । 

निकायका कार्यकारी निर्देशक उस्मान अहमदले बताएअनुसार, ३५ जना मारिएको पुष्टि भइसकेको छ । विस्फोट हेर्न गएका मानिसको मृत्यु भएको उनले बताए । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्