१६ असार २०८३, मंगलबार

अफगानिस्तानमा आत्मघाती आक्रमण, कम्तीमा १९ जनाको मृत्यु

अफगानिस्तानमा आत्मघाती आक्रमण, कम्तीमा १९ जनाको मृत्यु

काठमाडौं — पूर्वी अफगानिस्तानमा मंगलवार भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । विगत केही दिनयता हिंसा बढेपछि शान्तिवार्ता र निर्वाचनको सम्भावनामा धक्का लागेको छ । 

नानगरहर प्रान्तमा भएको विस्फोटनमा ५७ जना घाइते भउका छन् । स्थानीय प्रहरी प्रमुखको नियुक्तिको विरोधमा राजमार्ग छेकेर बसेका मानिसलाई लक्ष्य गरी आक्रमण गरिएको प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले बताए । 

आक्रमणको जिम्मा कसैले लिइसकेको छैन तर तालिबान र इस्लामिक स्टेट नानगरहरमा सक्रिय छन् । उक्त क्षेत्र पाकिस्तानसँग जोडिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्