११ साउन २०८३, सोमबार

नाडा ‘अटो शो’मा गाडी किन्नेलाई हिराको सिक्री

४० लाखको मोटरसाइकल देखि डेढ करोडको गाडी प्रदर्शनमा
नाडा ‘अटो शो’मा गाडी किन्नेलाई हिराको सिक्री

काठमाडौं–  अटो मोबाइल क्षेत्रको महाकूम्भ मानिने ‘नाडा अटो शो २०१८’ भृकुटीमण्डपमा शुरु भएको छ । नेपाल अटो मोबाइल डिलर्स एशोशिएसन (नाडा) र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा नाडा अटो शोको १३ औं संस्करण (२०१८) शुरु भएको हो ।

भदौ ३१ गतेसम्म चल्ने मेलामा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्शनीमा राखिएका छन् । ७१ कम्पनीहरूको सहभागिता रहेको अटो शोमा १ सय ३४ वटा स्टल रहेका छन् ।

४० लाखको मोटरसाइकल

हार्ले डेभिडसन ४० लाख पर्ने हार्ले डेभिडसन मोटरसाइकल एक अमेरिकन मोटरसाइकल कम्पनी हो । निकै चर्चित यो कम्पनीका मोटरसाइकल पनि अटो शो मा राखिएको छ । 

२५ लाख देखि डेढ करोडसम्म गाडी

अटो मेलामा डेढ लाख पर्ने स्कुटरदेखि दिएर डेढ करोड पर्ने चारपांग्रे सवारी साधन रहेका छन् । अटो मेलामा प्रर्दशनमा रहेका सवारीमध्ये सबैभन्दा सस्तो डेढ लाखसम्मको स्कुटर रहेको छ भने ४० लाख सम्म पर्ने मोटरसाइकल रहेको छ । यस्तै चारपाङ्ग्रे सवारी न्युनतम २५ लाख पर्ने देखि डेढ करोसम्मका प्रदर्शनीमा राखिएको छ ।

अफरै अफर

मेलामा दुई पांग्रे, तीन पांग्रे्र र चार पांग्रे सवारी साधन, मोबिल र टायर लगायत स्पेयर पाट्स् पनि राखिएका छन् । 

१३ औं नाडा संस्करणमा गाडी बिक्रीकर्ताले नयाँ गाडी लञ्च गर्नुका साथै नयाँ र आकर्षक अफर पनि सार्वजनिक गरेका छन् । 

नजिकिँदो दशैं तिहारलाई ध्यानमा राख्दै नाडा अटो शोबाटै सवारी साधन विक्रेताले खरिदकर्ताको लागि विभिन्न अफर तथा उपहार सार्वजनिक गरेका छन् । 

टाटामा भारी छुट

यस्तै नेपालको एक चर्चित अटो मोबाइल कम्पनी सिप्रदी ट्रेडिङ अन्तर्गतको टाटा ब्राण्डका सवारी साधनमा अटो मेलामै भारी छुट घोषणा गरिएको छ । कम्पनीले इलेक्ट्रोनिक भेइिकलमा अटो मेलामै टाटा टिगोर प्रदर्शनीमा राखेको छ । 

यस्तै, टाटाले दशैं तिहारलाई लक्षित गरी क्यास डिस्काउण्ट (छुट) अफर पनि अटो मेलामै घोषणा गरेको छ । अफरमा ४ लाख भन्दा माथिको क्यास डिस्काउण्ड र ५ लाखसम्मको हिराको सिक्री ‘डाइमण्ड नेकलेस’ रहेको कम्पनीले जनाएको छ । 

अटो मेलामै बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले टुरको अफर पनि सार्वजनिक गरेको छ । मेलामा बुकिङ गरेका सबैलाई लाङटाङ लगेर चाबी हस्तान्तरण गर्ने विशेष अफर रहेको सिप्रदीले जनाएको छ । 

महिन्द्राको इ–भेरिटो

नेपालका लागि आदिकारिक बिक्रेता अग्नि गु्रपले चर्चित ब्राण्ड महिन्द्राका लागि पनि यो पालीको अटो मेलामा इलेक्ट्रोनिक भेइकललाई प्राथमिकता दिएको छ । कम्पनीले अटो मेलामा इ भेरिटो नामक बिद्युतीय सवारी सार्वजनिक गर्दै यो वर्षको चारडपर्व उद्घाटन गरेको हो ।  सो गाडीलाई १ घण्टा २५ मिनेट चार्ज गर्दा १ सय ४० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ । 

कम्पनीले ग्राहकहरुको बिशेष सुविधाका लागि फाइनान्सियल सुविधाका लागि विशेष सहकार्य समेत शुरु गरेको छ । अटो लोनका लागि सहकार्य गरेको (क) बर्गको बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग साढे १० प्रतिशतको ब्याजदरमा आफ्ना गाडी उपलब्ध गराउने कम्पनीले घोषणा गरेको छ । 

महिन्द्रसँग यो वर्ष २८ लाख ८० हजार देखि ९० लाख सम्मका गाडीहरु रहेका छन् । 

जापानी कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले नाडा अटो शोमा नयाँ गाडी सार्वजनिक गर्दै सम्पूर्ण गाडीमा अफर उपलब्ध गराउने घोषणा गरेको छ । नाडा अटो शोकोे लागि यस योजनाअन्तर्गत कम्पनीले थप आकर्षक छुट पनि उपलब्ध गराउने छ ।

सुजुकीको अफर अन्तर्गत उपभोक्ताले दु्ई लाख रुपैयाँसम्म नगद छुट, एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा स्क्रयाच कुपनमार्फत एक लाख रुपौयाँसम्म अतिरिक्त छुट पाउनेछन् । 

यस्तै नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडवाडलाई लक्षित गर्दै ‘फेस्टिव हटडिल’ योजना सार्वजनिक गरेको छ । चाडपर्व र नाडा अटो शोलाई लक्षित गरी उक्त योजना ल्याइएको हो । यस योजनाअन्तर्गत ग्राहकले डाट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले एक लाख ६ हजारसम्मको निःशुल्क एक्सोसरिज, दुई लाखसम्मको नगद छुट समेत गरी कूल तीन लाख ६६ हजार आठ सयसम्मको लाभ लिन सक्ने कम्पनीले जानकारी गराएको छ । यसका साथै नाडा अटो शोको अवसरमा बुकिङ गर्ने ग्राहकले २७ हजार बराबरको स्मार्ट फोन पनि प्राप्त गर्नेछन् । साथै गाडीको खरिदमाग्राहकले निःशुल्क एक्सोसरिज पाउनुको साथै एक वर्षको निःशुल्क इन्स्योरेन्स, तीन वर्षसम्मको वारेन्टी, ती वर्षसम्म निःशुल्क सर्भिसिङ एक वर्षको लागि सडक करको सुबिधा समेत छुटको व्यवस्था गरेको छ ।

त्यस्तै स्याङयोङले भारी छुटका साथ ‘स्याङयोङ अन्बिटेबल अफर’ ल्याएको छ । कम्पनीले छुट अफरसहित स्याङयोङका गाडी स्टल नम्बर ‘ए–६’ मा उपलब्ध हुने जनाएको छ । स्याङयोङगाडीको नेपालका लागि आधिकारिक वितरक तथा आइएमएस गु्रप अन्तर्गतको आईएमएस मोटर्सले रेक्सटन, कोरान्डो, टिभोली, एक्स एलभी र एकट्योन स्पोर्ट गरि जम्मा पाँच प्रकारका कोरियन लक्जरी एस युभी मोडलका गाडी प्रदर्शनमा राखेको छ ।

मेलामा गाडीको बजार प्रवद्र्धन मात्र नभई अध्ययन, अनुसन्धान र जनचेतनाका कार्यक्रमसँगै व्यवसायिक रुपमा वर्षभरीका लागि ब्राण्डिङको उक सुनौलो अवसर पनि भएको नाडा अध्यक्ष शम्भु दाहालले बताए ।

दाहालले सरकारले सवारी करमा केही छुट दिन सके मध्यम बर्गीय नेपालीहरुको पहुँचमा चार पांग्रे सवारी पुर्याउन सकिने भन्दै अर्थमन्त्रीसँग पटक पटक आग्रह गरिरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्